१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

निर्मला हत्या प्रकरणमा बर्खास्त भएका विष्ट र भट्टले जागिरमा पुनर्वहालीको मागसहित दिए निवेदन 


१६ मंसिर, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाे  घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा बर्खास्त भएका  एसपी डिल्लीराज विष्टसहित दुई अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका छन् ।

कञ्चनपुरका तत्कालिन  प्रहरी प्रमुख उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् ।

घटनाको अनुसन्धानमा सुरूदेखिनै लापरबाही गरेका उनीहरुलाई बर्खास्त गरिएको थियो । बर्खास्त गरिएको ३५ दिनभित्र पुनर्बहालीको लागि निवेदन दिन सकिने प्रावधान अनुरुप उनीहरुले निवेदन दिएको स्रोतले बतायो ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १७:४७