१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अाजबाट अनलाइनमै श्रम इजाजतकाे टोकन लिन सकिने


१६ मंसिर, काठमाडौँ । अाजबाट अनलाइनमै श्रम इजाजतकाे टोकन लिन सकिने भएकाे छ । श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले अाजबाट यो प्रणाली सुरु गरेको हो । कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भएकाले व्यवस्थापन गर्ने गरी अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको हो । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ ।


कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआर्इएमएस)मा अनलाइन आवेदलन भर्नुपर्छ ।अब त्यसमै टोकन नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ । अब यसमै तोकिने मिति र समयमा मात्र सेवा ग्राही विभागमा सेवा लिन जान सक्नेछन् । तोकिएको समयमा तोकिएका सेवाग्राही मात्रै आउँदा एकैपटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ । अनलाइन टोकन सुरु भएपछि बिचौलियाको चलखेल पनि घट्ने अपेक्षा विभागको छ ।

पछिल्लो समयममा कार्यालय व्यवस्थापनमा पनि ध्यान दिइएको छ । परिसरभित्र पिउने पानीको व्यवस्था गरिएको छ भने बस्ने बेन्चहरु थपिएका छन् । कार्यालयमा आउने यात्रुलाई बस्न सहज होस् भनेर थप पूर्वाधार निर्माण्को योजना बनाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १३:१९