१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोट क्याम्पस अनियमितताः ६ सह प्राध्यापकको बढुवा खारेज (माइन्युटसहित)


१२ मंसिर, नुवाकोट । नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्यम्पसमा सह प्राध्यापकको अनियमित बढुवा खारेज भएको छ । क्याम्पस सञ्चालक समितिले ६ जनालाई सहप्रध्यापकमा बढुवा गर्ने गत चैत १४ गतेको निर्णय यही मंसिर ११ गते मंगलबारको निर्णयबाट बदर गरेको छ । त्यस्तै पुस्तकालय सहायकाको नियुक्ती समेत अबैधानिक भएको भन्दै निर्णय बदर गरिएको छ । पुस्तकालय साहायकमा तीन जनाको नियुक्ति भएको थियो ।

क्याम्पसमा शैक्षिक र आर्थिक भ्रष्टाचार भएको भन्दै विद्यार्थी संगठनले आन्दोलन र संस्थापक अध्यक्ष बसन्तलाल श्रेष्ठले अनशन सुरु गरेपछि गठित छानविनि समितिले नियुक्तिमा अनियमितता भएको ठहर गरेको थियो । छानविन समितिको निष्कर्ष अनुसार नै क्याम्पसको सञ्चालक समितिले नियुक्ति बदर गर्ने निर्णय गरेको अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए ।

क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ र क्याम्पस प्रमुख नारायणमान डंगोल ।

अध्यक्ष श्रेष्ठले क्याम्पसलार्इ सहीमार्गमा अघि बढाउनका निम्ति यस्तो निर्णय लिइएको बताए । उनले फेरि केही दिनमै सञ्चालक समितिको बैठक बसेर विद्यार्थीहरूले लामाे समयदेखि उठाउँदै अाएका मागका विषयमा छलपफल गरेर निर्णय लिइने बताए ।

अनेरास्ववियु कम्यापस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल (सत्य)ले सञ्चालक समितिको यस निर्णय स्वागत योग्य भएको र छानविन समितिले भनेअनुसार अन्य विषयमा कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताए । उनले सञ्चालक समितिले त्यसो नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।

यो पनि पढ्नुहोस्

–भ्रष्टाचारको अारोप लागेका नुवाकोट क्याम्पसका प्रमुख डंगोलले खुल्ला चाैरमै विद्यार्थी कुटे

–नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित) 

–नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी

–नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

–नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

–प्रहरीकै अघि यसरी जले क्याम्पस प्रमुख र अध्यक्षको टेबुल कुर्सी (हेर्नुहोस् भिडियो)

–कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

हेर्नुहोस क्याम्पस सञ्चालक समितिको माइन्युट 

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार २०:२७