२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर


९ वैशाख, काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य यस दिन २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार ११:३०