२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

वर्तमान सरकारलाई सफल बनाउन एमालेले सम्पूर्ण शक्ति लगाउँछः अध्यक्ष ओली


८ वैशाख, काठमाडौँ । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउने बताउनुभएको छ ।

शनिबारदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले जनताको समस्या समाधानका लागि सरकारले थालेका कार्य सकारात्मक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनतामा रहेको निराशा चिर्दै अर्थतन्त्रलाई गतिशील तुल्याउन र सुशासन दिन सक्नुपर्छ । ”

उहाँले हतारोमा वाम ध्रुवीकरण वा प्रतिपक्षीलाई निषेध नभई संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १७:३९