२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एमाले सांसद मीना श्रेष्ठलाई पितृ शोक


८ वैशाख, सुनसरी । नेकपा एमालेकी नेतृ एवं कोशी प्रदेशसभाको सदस्य सांसद मीना श्रेष्ठलाई पितृ शोक परेको छ । मीनाको पिता मोहनबहादुर श्रेष्ठको ७४ वर्षको उमेरमा शनिबार बिहान उपचारको क्रममा निधन भएको हो । मोहनबहादुरको शनिबार दिउँसो ४ बजे इटहरीको गङ्गा जमुना मुक्ति घाट बुढी खोलामा अन्तिम संस्कार गरिएको छ ।

इटहरीको स्थायी बासिन्दा रहेका मोहनबहादुर फोक्सोको समस्याबाट पीडित थिए । शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा पिताको निधन भएको सांसद श्रेष्ठले बताएकी छिन ।

पितालाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार आफैँले अस्पताल पुर्याएको र चिकित्सकले बचाउनका लागि निकै मेहनत गरेको तर सबै प्रयास असफल भएको उल्लेख गरेकी छिन ।

मीनाले बुबा र आमालाई आफ्नै राम्रो घरमा राखेर खुशी पार्ने चाहना पूरा नभएको भन्दै दुःख प्रकट गरेकी छिन । मोहनबहादुरका श्रीमती र दुई छोरी छन । मीन कान्छी छोरी हुन । पिताको किरियामा मीनाका दिदीबहिनी नै बसेका छन ।

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १७:१६