२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

विश्व प्रसिद्ध ऐसले ब्राण्डकाे फर्निचर अब नेपालमा


७ वैशाख, काठमाडाैं । विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी विक्री शुरु गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा विक्रेता मध्येको एक हो ।

विगत १८ वर्ष देखि ऐसले अमेरीकाको सबैभन्दा विक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । ऐसलेको विश्वभरी ६६ राष्ट्रहरुमा १,१०० भन्दा बढि होमस्टेहरु छन् । ऐसलेको आधिकारीक विक्रेताको रुपमा  S.N Joshi & Sons Company Pvt Ltd रहेको छ । विश्व विख्यात फर्निचर ब्राण्डहरुलाई नेपालमा ल्याई उत्कृष्ट उत्पादकहरुलाई नेपाली माझ साक्षत्कार गराउने S.N Joshi & Sons Company Pvt Ltd , विगत २० वर्ष देखि यस व्यवसायमा सकृय रहेको छ ।

विश्व विख्यात ऐसले ब्राण्डले नविनता, गुणस्तरियता, ग्राहक सन्तुष्टिमा विश्वभरी आफ्नो झण्डा गाडीसकेको छ । ऐसले फर्निचरले विश्वभरी करोडौं उपभोक्ताहरुको मन जितिसकेको छ । टेकु स्थित ऐसलेको शोरुम ४,५०० स्क्वायर फिटमा फैलिएको छ । यहाँ ग्राहकहरुले विभिन्न आधुनिक रुपमा लिभिङ्ग रुम, डाइनिङ्ग रुम, बेडरुमको साज सज्जा सहित चाहिने सर–सामानहरुको उपलब्धता रहनेछ । ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनिय उत्पादनहरु सहित नेपालमा नयाँ युगको शुरुवात गर्ने कम्पनीले जनाएको छ ।

  

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १८:२३