२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

गोर्खाज फाइनान्सको नाफा ४० प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक


७ वैशाख, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा गत आर्थिक वर्षको तुलनामा ४०.०६ प्रतिशतले कम हाे । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमासम्ममा ९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ७.६९ प्रतिशतले घटेर २३ करोड ५१ लाख रुपैयाँ कायम भएकाे छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले २५ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियाे ।

याे अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ५९ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै कम्पनीको रिटेन्ड अर्निङ ५९ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.४३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१.७१ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १७:३७