२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सुप्रिमका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा


७ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद उप्रेतीको इजलासले अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षको लागि थुनामा पठार्न आदेश दिएको हो ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा समेत रहेका दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको छ। त्यस्तै, नविन अछामीलाई १० लाख, लिला चापागाईंलाई १८ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार, निता थापा मगरलाई २ लाख र रोशनी गुरुङलाई २ लाख धरौटीमा छाड्ने आदेश दिइएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।

सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। जसमध्ये थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए। अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १६:१३