२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

हमासको आक्रमणबाट ज्यान गुमाएका साहको परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख सहयोग


७ वैशाख, गोदार (धनुषा) ।  प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी गत असोजमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेको छ ।

प्रदेश सरकारबाट घोषणा भएअनुरुप मुख्यमन्त्री सरोजकुमार यादवले आज मृतक साहका बुवा सोमन साहलाई रु पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ–४ का आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १५:३२