२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

मुक्तिनाथ विकास बैंकको नाफा ८७ करोड १८ लाख, यस्तो छ प्रतिसेयर आम्दानी


७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले ८७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । याे नाफा गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ८.१३ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

याे अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३४ प्रतिशतले बढेर ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि ९.४७ प्रतिशतले बढेर १ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ थियो ।

बैंकको निष्क्रिय कर्जा १.९९ प्रतिशतबाट बढेर २.०२ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ ।बैंकको वितरणयोग्य नाफा १ करोड २ लाख ८६ हजार रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २५ पैसाले बढेर १६ रुपैयाँ ५ पैसा कायम भएको छ । बैंककाे प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १४:१७