१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्दा वितरणयोग्य मुनाफा ऋणात्मक


७ वैशाख, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

याे अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशत बढेर एक अर्ब ४४ करोड ८१ लाख रुपैयाँ कायम भएकाे छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे छ ।

बैंकको सञ्चालन मुनाफा ९.६५ प्रतिशत बढेर ३८ करोड ६८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहीसम्म बैंकले ३५ करोड २८ लाख सञ्चालन मुनाफा गरेकाे थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ३४ पैसा ऋणात्मक रहेको छ। बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत पुगेको छ । ३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४३ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४७ पैसा रहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १२:४६