२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

एभरेष्ट बैंकले खुद नाफा २ अर्ब ६० करोड, यस्तो छ प्रतिसेयर आम्दानी


७ वैशाख, काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.८२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंककाे सञ्चालन नाफा ३ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आवको यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड २९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकाे थियाे ।

चालू आवको चैतसम्म कम्पनीको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपियाँ छ भने जगेडा कोषमा ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने घटेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ३ अर्ब २६ करोड रुपैयाँ रहेकामा चैत मसान्तसम्म आइपुग्दा २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, बैंककाे खराब कर्जा ०.७० प्रतिशत छ रहेकाे छ । साे अवधिमा बैंककाे प्रतिसेयर आम्दानी २९.५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२६.७३ रुपैयाँ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १२:३९