१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै हुलास आईरन इन्डष्ट्रिज


७ वैशाख, काठमाडौं।  हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य एजेण्डासहित विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि सभा बोलाएको हो । उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि छ्ट्टाइएको सेयरमध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानूनमा तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई सेयर निष्कासन तथा बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १२:२७