२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

माछापुच्छ्रे बैंकको नाफामा ३६.७२ प्रतिशतको गिरावट, यस्ता छन् अन्य सूचक


७ वैशाख, काठमाडौं । माछापुच्छ्रे बैंकले चैत मसान्तसम्म ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३६.७३ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३५ करोड १९ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९१ प्रतिशतले घटेर ३ अर्ब ८४ करोड ९८ लाख १२ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ३०.७५ प्रतिशतले घटेर १ अर्ब ३४ करोड ७१ लाख १४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.६८ प्रतिशत पुगेको छ ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ५४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४ पैसा रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १२:१८