२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

कुमारी बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, यस्तो छ प्रतिसेयर आम्दानी


७ वैशाख, काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड मात्र नाफा कमाएको छ।  याे अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ  ।

२६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ। समिक्षा अवधिसम्ममा बैंककाे प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १२:१०