२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

२७.७० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, खराब कर्जा ५ प्रतिशत नाघ्यो


७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५९ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्ममा बैंककाे नाफा १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी शतप्रतिशत बढेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १०३.४९ प्रतिशत बढेर ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ कायम भएको छ। यस्तै सञ्चालन नाफा ११.७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड १७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ८४ करोड ९० लख ५० हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ८६ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा ३.६७ प्रतिशत बिन्दुले बढेर ५.४९ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ११:४९