२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी घट्यो


७ वैशाख, काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ३.२५ प्रतिशतले कम हो । बैंकको इम्पेयरमेन्ट चार्ज ९८ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

याे अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ करोड ८९ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ८९ पैसा रहेको छ।बैंकको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.९८ प्रतिशत रहेको बैंककाे खराब बर्जा अनुपात घटेर ३.७६ प्रतिशतमा सीमित बनेको छ ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)११.३७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३.९८ गुणा र प्रतिसेयर नेटवर्थ १४९.९८ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ११:३४