२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

हिमालयन बैंकको नाफा १२.०४ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानीमा पनि वृद्धि


७ वैशाख, काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा १२.०४ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९.८९ प्रतिशतले बढी हो । अघिल्लो आवको साेही अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड रुपैयाँ थियो ।

बैंकको खराब कर्जा दर ४.५६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशतमा पुगेको छ । हाल बैंककाे चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ र जगेडा कोषमा १९ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५ पैसाले घटेर ११ रुपैयाँ ९९ पैसा कायम भएकाे छ भने बैंककाे प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ११:२३