२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

नेपाल बैंकको नाफामा ९२.६७ प्रतिशतको गिरावट


७ वैशाख, काठमाडाैं । नेपाल बैंक लिमिटेड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ५ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । याे नाफा गत आवको सोही अवधिको तुलनामा ९२.६७ प्रतिशतले कम हाे ।  अघिल्लो आवको सोही अवधिसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ४.३७ प्रतिशतले बढेको छ । बैंकले चैत मसान्तसम्ममा बैंककाे खुद ब्याज आम्दानी ६ अर्ब ७७ करोड रुपैयाँ  र बैंककाे खुद सञ्चालन आम्दानी ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

बैंककाे इम्पेयरमेन्ट चार्ज १४६.४५ प्रतिशतले बढेकाे छ ।  बैंकको रिटेन्ड अर्निङ १ अर्ब ४ करोड रुपैयाँले ऋणात्मक रहेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४६.४२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७९.४४ गुणा कायम भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ११:१२