२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला १ लाख ३९ हजार नाघ्यो


७ वैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र  तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ११:०३