२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब ८७ करोड


७ वैशाख, काठमाडौं । प्राइम कमर्सियल बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने १६.६६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

याे अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६९ प्रतिशत बढेर ५ अर्ब ७८ करोड ८ लाख रुपैयाँ कायम भएको छ। संचालन नाफा पनि १६.६८ प्रतिशत बढेर ४ अर्ब ११ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको कुल संचालन आम्दानी ७ अर्ब १६ करोड ३३ लाख र खुद संचालन आम्दानी ६ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कायम भएको छ।  २ खर्ब २ अर्ब निक्षेप संकलन गरेको बैंकले कर्जा प्रवाह भने १ खर्ब ७७ अर्ब बरारबर गरेको छ । बैंकको खराब कर्जा अनुपात ३.०६ प्रतिशतबाट बढेर ४.२९ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा ३१ करोड ३३ लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ र बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा छ । हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा भने १० अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १०:५६