२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ३५ करोड, यस्तो छ प्रतिसेयर आम्दानी


७ वैशाख, काठमाडाैं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएकाे छ । बैंकको याे नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १३.७४ प्रतिशत बढेको छ।

बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड पुगेको छ। ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर १२ रुपैयाँ २० पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा रहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १०:२४