२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

कृषि विकास बैंकको नाफामा उछाल, अन्य सूचकमा पनि उल्लेख्य सुधार


७ वैशाख, काठमाडाैं। कृषि विकास बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब ५ करोड बढी खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९७.२२ प्रतिशतले बढी हो। अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब ४ करोड रुपैयाँमा सीमित थियो ।

बैंकको खुद ब्याज आम्दानी १५.३१ प्रतिशतले बढ्दै ७ अर्ब २० करोड रुपेयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रहेको छ । बैंकको निक्षेप १ खर्ब ९९ करोडबाट बढेर २ खर्ब २८ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि १ खर्ब ७६ अर्बबाट बढेर १ खर्ब ९६ अर्ब पुगेको छ ।

बैंकले खराब कर्जा अनुपात ४.२० प्रतिशतबाट घटेर ३.३० प्रतिशतमा सीमित बनेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १७.९३ रुपैयाँ,प्रतिसेयर खुद मूल्य २२२.८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १०:०८