१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

नबिल बैंकको नाफा ८.७६ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा १ अर्ब ५४ करोड


७ वैशाख, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । याे नाफा गत आवको सोही अवधिको तुलनामा भने ८.७६ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत बढेर १२ अर्ब ५५ करोड १३ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । यस्तै याे अवधिसम्ममा बैंककाे सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड ४२ लाख २६ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्ममा आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ । बैंककाे प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ०९:५६