१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मधेस प्रदेशमा माओवादीबाट दुई र एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त


६ वैशाख, काठमाडाैं । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गरेका छन्।

माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मुख्यमन्त्री यादवले मन्त्री नियुक्त गरेका हुन्।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १५:४०