१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

आज घट्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य


६ वैशाख, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार ११:३०