१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


६ वैशाख, काठमाडौं । दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले भोली बैशाख ७ गते बुकक्लोज गर्दैछ।

यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा १६ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले बैशाख २० गते आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार ०९:५८