१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

सर्वसाधारणलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा


६ वैशाख, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सर्वसाधारणका लागि सेयर बिक्रीमा राखेको छ। बैंकले गत फागुन ३० गते ३५ दिने अवधिका लागि सेयर बिक्रीमा राखेको थियो ।

सो समयमा बिक्रीमा राखेको संस्थापक समूहको नबिकेको सेयर अहिले सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । बिक्रीमा राखेको सेयरमा जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार ०९:४३