२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

१०६ रुपैयाँमै सर्वसाधारणलाई कुमारी बैंकको ४ लाख ५० कित्ता सेयर बिक्रीमा


३ चैत, काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर आजदेखि  बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको ४ लाख ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ । सो सेयरमा जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटलमा  वैशाख ११ गतेसम्म आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ०९:२५