२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्न सक्ने


२ वैशाख, काठमाडाैँ। कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१, जितौ आईफोन एक्कासी’ सुचारु गरेको छ । यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को ‘टपअप’ र कुनैपनि एउटा ‘डेटाप्याक’ खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्ने बैंकले जनाएको छ ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । यो अभियानको अवधि वैशाख १ गतेदेखि वैशाख ३१ सम्म रहनेछ ।

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ ईकाइहरूसहित देशका विभिन्न शहरी, अर्ध शहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ प्वइन्टमार्फत बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १४:२७