२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

एनआईसी एशिया बैंकले घटायो ब्याजदर


३० चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हाे ।

वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । बैंकले यसअघि चैत्र महिनाका लागि अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

त्यस्तै, बैंकले निक्षेपतर्फ न्यूनतम ७ प्रतिशत र अधिकतम ७.७५० प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.७०० प्रतिशत ब्याजदर दिने भएको छ । यसअघि चैत्र महिनामा संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ०९:४८