२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

ग्लोबल आइएमई बैंकले वैशाख महिनाका लागि घटाएर सार्वजनिक गर्यो ब्याजदर


३० चैत, काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७ प्रतिशत कायम गरेको छ । चैत महिनामा बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.६० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले संस्थागत निक्षेपतर्फ वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.६० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ०९:३७