२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

कृषि विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर


३० चैत, काठमाडाैँ । कृषि विकास बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम ४.५१०० प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

त्यस्तै बैंकले व्यक्तिगततर्फको अधिकतम ५.६६६१ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत महिनाका लागि पनि बैंकले यहि ब्याजदर कायम गरेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ०९:२४