२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एडिलेड राहदानी घुम्ती शिविरबाट ६ सय भन्दा बढी लाभान्वित


अष्ट्रेलिया ।  गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलिया, एडिलेड नेपाल र नेपाली बाणिज्यदुतावास साउथ अष्ट्रेलियाको पहल तथा सक्रियतामा एवं नेपाली दुतावास क्यानवेराको सम्वन्यमा एडिलेडमा राहधानी घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट ६०३ जना लभावन्वित भएका छन् ।

राहदानी जस्तो महत्वपुर्ण बिषयमा यहा रहेको नेपाली आर्थिक मात्र नभएर मानसिक तनाव समेत झेल्दै आएका थिए । जस्ले गर्दा  पछिल्लो समय नेपाली राहदानी बनाउने प्रकियाको ढिलाई तथा असहजताले नेपाल सरकार माथी समेत विभिन्न प्रश्न उठ्दै आएको छ ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयोजक संजय पुरीले साउथ अष्ट्रेलियाको केन्द्र एडिलेड वरपर मात्र नभएर ग्रामीण क्षेत्रबाट राजधानी क्यानवेरा राहदानीका लागि जानु आर्थिक र समयका हिसाबले निकै खर्चिलो भएकाले लामो प्रयास पछि शिविर ल्याउन सफल भएको बताए ।

उनले भने एडिलेडबाट क्यानवेरी पुगेर आउदा कम्तीमा १५०० अष्ट्रेलियन डलर खर्च हुने अबस्थामा छ सय भन्दा बढि समुदायका सदस्यहरुको दुख गरेर कमाएको पैसा जोगाउन सकिएको बताए ।

एडिलेड नेपालका अध्यक्ष पुष्कर कोईरालाले भिषा सक्किन लागेका तर राहदानीका लागि दुतावासमा समय नपाएका धेरै मान्छेका दुख देखेर लामो प्रयास पछि दुतावासको सहकार्यमा सेवाग्राहीलाई पनि सेवा दिन पाउदा खुशी लागेको बताए । उनले भने एडिलेड नेपालले एक बर्ष अगाडि देखी पासपोर्ट शिविरका लागी लबिङ गरेको थियो । त्यसमा एनआरएन र वाणिज्यदुतावासको समेत सहकार्य गरेर यस पटक शिविर सफतापुर्वक संचालन गरिएको बताए ।

घुम्ती शिविरका लागि दुतावासबाट भोगेन्द्र लिङदेन एडिलेड आईपुगेका थिए । भने राजदुत कैलाश राज पोखरेल अनुगमन सहित अन्य कार्यक्रमका लागि एडिलेड आएका थिए । अनुगमनकै क्रममा राजदुत पोखरेलले आफ्नो कार्यकालको शुरुवातमा राहदानीको ठुलो समस्या देखिएकाले घुम्ती टोली पठाएर राहदानी बनाईएको बताए । उनले शुरुमा तास्मानियाबाट शुरु गरेर केहि ढिलो भए पनि एडिलेड आएको बताए ।

साउथ अष्ट्रेलियाका ग्रामीण भेग माउन्ट ग्याम्भिर, नाराकोट लगायतका क्षेत्र रहेका नेपालीहरु समेत शिविरमा आईपुगेका थिए ।

शिविर समापन पछि साउथ अष्ट्रेलियाका लागि बाणिज्यदुत दिपक धमला र एनआरएन अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले दुतावास, स्वयंसेवक, सहित सबै सहयोगीहरुमा धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १९:१०