२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

पर्थमा नेपाली समुदायको खेलकुद कुम्भ मेला हार्मोनी कप २०२४ सम्पन्न, कस कसले जिते ?


अष्ट्रेलिया। गैर आवासिय नेपाली संघ पश्चिम अस्ट्रेलियाको (एनआरएनए वेस्टन अष्ट्रेलिया) आयोजनामा  “हार्मोनी कप २०२४” खेलकुद मेला पर्थमा भब्यताका साथ सम्पन्न भएको छ ।

स्टेनली कलेजको मुख्य प्रायोजनमा “प्रतिभाको खोज एवं अवसरको भेला , सामुदायिक स्वास्थ र खेलकुदको कुम्भ मेला” भन्ने नारामा पाच हप्ता सम्म मेला चलेको थियो । मार्च २ मा शुरु भएको मेलामा फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, लन टेनिस, ब्याडमिन्टन, दौड, पौडी, र चेस  सहित नौ वटा खेलहरु समावेस गरिएका थिए । 

मुल नारालाई आत्मसाथ गर्दै पश्चिम अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपाली खेलकुद क्लब एवम खेलाडिहरुको खेल प्रतिको लगावलाई हौसला प्रदान गर्नुको साथै सामुहिक सद्भाव र सम्बन्ध बिस्तारको लागि मेला आयोजना गरिएको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा पश्चिम अष्ट्रेलिया संयोजक शेखर घिमिरेले बताए । उनले बालबालिकाहरु समेतलाई जोड्ने गरि भएको दौड, पौडी लगायतका प्रतियोगिताको प्रसंशा पाएको , यसले दोस्रो पुस्ता  लाई संस्था प्रती जोड्न सकारात्मक भूमिका निर्बाहा गरेको बताए । उक्त प्रतियोगितामाहरुमा आयोजकहरुले धेरै भन्दा धेरै खेलाडीहरु सामेल होउन भन्ने हेतुले खेल लाई वर्गीकरण गरि पुरुष, महिला, बलबालिका र भेटेरान गरि विभिन्न चरणमा प्रतिस्पर्धा गराइएका थिए ।

प्रतियोगिताको फुटबलमा नेपाली युनाइटेड फुटबल क्लब, पर्थ बिजयी भएको थियो । भने भेट्रान तर्फ टीम अन्नपूर्ण बिजेता र टिम माछापुच्छ्रे उप विजेता भएका थिए । यसै गरि क्रिकेटमा पर्थ ब्लास्टर्स क्रिकेट क्लब, भलिबल एनवाईसी क्लब बिजयी भएका थिए ।

चेस प्रतियोगितामा प्रकाश तिमिल्सिना विजेता भएका थिए भने पुरुष ओपन ब्याडमिन्टनमा बबिन केसी, पुरुष डबल ब्याडमिन्टन बबिन केसी र दिनेश गुरुङ, महिला खुल्ला ब्याडमिन्टन एनी खतिवडा, महिला टेबल टेनिस अञ्जना थापा, टेबल टेनिस पुरुष अजेश महर्जन बिजेता भएका थिए ।

यसै गरि दौड तर्फ बालबालिका डिपर्सन बस्नेत, महिला मनिषा बस्नेत, भेट्रान टेक मगर र खुला तर्फ सविन श्रेष्ठ विजयी भएका थिए । पौडी प्रतियोगितामा १२-१४ उमेर समुहमा अस्तिना पौडेल उमेर ९–११ : नयाँशक्ति श्रेष्ठ, ७-९ वर्षको उमेर: सुबाली भण्डारी, ७ बर्ष मुनि: रोमन शर्मा विजयी भएका थिए ।

२०१७ देखि सुरु भएको खेल मेला पर्थमा  हरेक दुई दुई बर्षमा हुने गरेको छ । यसलाई नेपाली मिनी ओलम्पिक पनि भन्ने गरिएको छ र  २७ अप्रिल २०२४ शनिबार बेलुका मिल्लस पार्क सेन्टरमा रात्रिभोज को आयोजना गरि पुरस्कार बितरण गरिने संयोजक घिमिरेले बताए । खेलकुद मेलाको संयोजन बासु सापकोटा र महेश लामा गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ०७:५१