२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

अष्ट्रेलियामा नेपालको व्यापार बढाउन अध्ययन भैरहेको छ – राजदुत पोखरेल


एडिलेड । अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाश राज पोखरेलले टिफा संझौता भएको सन्दर्भमा अष्ट्रेलियामा नेपालको व्यापार बढाउन अध्ययन भैरहेको बताएका छन् ।

एडिलेडमा एनआरएनए साउथ अष्ट्रेलिया र नेपाली बाणिज्यदुतावास साउथ अष्ट्रेलियाको आयोजनामा भएको एक अन्तर्क्रियामा सहभागीहरुको प्रश्नको जवाफ दिदै केहि समय देखी दुतावासले बजेट समेत उपलब्ध गराएर नेपालका कुन उत्पादनको बजार कस्तो छ लगायतको विषयको अध्ययन अगाडि बढाईएको बताए । राजदुत पोखरेलले हुन्डी कारोवार प्रभाव डर लाग्दो भएरकाले यसको नियन्त्रण तथा नियमनका लागि नेपाल सरकार क्रियाशिल रहेको बताए । नेपालमा हुन लागेको नेपाल लगानी सम्मेलनको समेत सन्दर्भ पारेर आयोजना गरिएको अन्तर्क्रियामा नेपाली समुदायका व्यवसायीहरुले अष्ट्रेलिया नेपाल सम्वन्धका विविध पक्षमा प्रश्न गरेका थिए ।

अर्को एक प्रसंगमा राजदुत पोखरेलले आफ्नो कार्यकालको शुरुमा देखिएको पासपोर्टको बिकराल समस्या आफु र  दुतावासको कर्मचारीहरुको कडा मेहनतले समाधान उन्मुख रहेको बताउदै ।कुनै समस्या भए सम्पर्क राख्न अनुरोध समेत गरे ।  उनले दुतावासमा विगतको सेवा शुल्कहरु बुझाउदा मुद्रा चाहिने प्रचलनलाई विस्थापित गरे बिधुतीय माध्यमबाट शुल्कहरु लिन शुरु गरेर गरेको बताए  |

कार्यक्रम एनआरएनए ओशियानाका सह संयोजक तथा व्यवसायी गोकुल घिमिरेले नेपालमा व्यवसाय गर्न लगानी गर्न धेरै व्यवसायीहरु इच्छुक रहे पनि लगानीको सुरक्षाको प्रश्न महत्वपुर्ण रहेको बताए । उनले साउथ अष्ट्रेलियामा धेरै नेपाली समुदायका व्यवसायीहरु नेपालमा लगानी गर्न तयार रहेको समेत बताए ।
साउथ अष्ट्रेलियाको संसदका पुर्व सभामुख रसेल वाट्ले , सासद डाना बाट्लेले अन्तर्कियाको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली समुदायले अष्ट्रेलियाको बिकासमा पुराएको  भुमिकाको प्रशंसा व्यक्त गरेका थिए ।

साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक घमलाले नेपालमा हुने यहि अप्रिल २८ र २९ काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा प्रस्तुत गर्दै धमलाले नेपालमा किन लगानी गर्ने ? भन्ने प्रष्ट पार्दै पछिल्लो समय कानुन सहज हुदै गएको बताउदै कानुनीमा नै धेरै सहजता भएको बताए । त्यसका लागि नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुन अनुरोध गरेका थिए ।

कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्काले प्रवासमा रहेका नेपालीहरुलाई मातृभूमि संग जोडी राख्न पनि नेपालमा लगानीको वातावरण अनुकुल हुनु पर्ने र यसमा राजदुतावास मार्फत नेपाल सरकार ध्यान जान जरुरी रहेको बताईन् । उनले साउथ अष्ट्रेलियामा भरखरै बहुसांस्कृतिक आयोगले सर्भिस डाईरेक्ट्री प्रकाशित गरेको र त्यसमा नेपाली व्यवसायीहरुलाई त्यसमा दर्ता हुन अनुरोध समेत गरिन् । खड्काले साउथ अष्ट्रेलिया सरकारले व्यवसायीहरुका लागि गरेका गतिविधी जानकारी समेत गराएकी थिईन् ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा एनआरएन अष्ट्रेलिया उपाध्यक्ष एवं साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले पासपोर्ट शिविर वारेमा जानकारी सहित सहयोगीहरु प्रत अभार व्यक्त गरेका थिए ।

एनआरएनए साउथ अष्ट्रेलिया सचिव गणेश पराजुलीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष विनोद बानियाले स्वागत मन्तव्य राखेका थिए । अन्तर्क्रियामा नेपाली तथा भुटानी नेपाली समुदायका अगुवा तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १३:५९