२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सुन मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३६ हजार नाघ्यो


२६ चैत, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । निरन्तर बढेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ ।

याे सुनकाे मूल्य हालसम्मकै उच्च हाे । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ कायम भएको  महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ११:०८