२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सुनको भाउमा एकपछि अर्को नयाँ रेकर्ड, एकैदिन तोलामा २९ सयले बढ्यो


२५ तैत, काठमाडौँ । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ एकैदिन २९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत चैत २२ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो भएको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

यसैगरी आइतबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार ११:१९