१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश


१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

गुरुङविरुद्ध काठमाडौंको प्रदर्शनीमार्गस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १७:३९