१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य


१६ चैत, काठमाडौँ ।  आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल बनायो ।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कप्तान नील रकले र काडे कारमाइकलले समान ३८/३८ रन बनाए । स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए ।

नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १५:१६