१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कीर्तिमानी उचाईमा सुनको भाउ, एक तोला किन्न १ लाख ३० हजार तिर्नुपर्ने


१६ चैत, काठमाडौँ। नेपाली बजार सुनको मूल्य हालसम्मकै महंगो भएको छ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ  र तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो कारोबारको दिन बिहीबार सुनको मूल्य ११ सयले बढ्दै छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९ सय र तेजावी सुन १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ११:००