१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एक कम्पनीको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा


१६ चैत, काठमाडौँ। तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक बर्ष २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले साधारण सभाबाट पारित गरेको ४ प्रतिशत बोनस सेयर पुस ११ गतेसम्म अभौतिकीक रुपमा सेयरधारण गरेका सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । उक्त मितिपश्चात अभौतिकीकरण गर्ने सेयरधनीहरुको हकमा क्रमशः जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १०:४९