१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१२० रुपैयाँ मै सर्वसाधारणका लागि एनएमबि बैंकको सेयर बिक्रीमा


१६ चैत, काठमाडौँ । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

बिक्रीमा राखेको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ । सो सेयरमा विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ०९:३१