१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

एमाले सिन्धुपाल्चोकको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने


१६ चैत, सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशन आजदेखि सदरमुकाम चौतारामा सुरु हुँदैछ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशन चैत १८ सम्म चल्नेछ ।

अधिवेशनको तयारी पूरा

आज देखि सुरु हुन लागेको जिल्ला अधिवेशनको सम्पूर्ण तयारि पुरा भएको छ । अधिवेशनका लागि विभिन्न उप समितिहरु गठन गरिएको थियो । प्रतिनिधि छनोट लगाततको काम सम्पन्न भएको छ । जिल्ला अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत सहित कूल ७४५ प्रतिनिधि सहभागी हुनेछन् ।

नेतृत्वमा रस्साकस्सी !

यो महाधिवेशनबाट नया नेतृत्व चयन हुदैछ । गत अधिवेशनमा जिल्ला सदस्यहरु टुङ्ग्याएर मूल नेतृत्व लगभग ४ महिना पछि बल्लतल्ल टुङ्गेको थियो । “अहिले त्यो अवस्था छैन, यो अधिवेशनमा बन्दसत्रको हलबाट नै नेतृत्व चयन गर्छौ र गत अधिवेशनलाई माथ गरेर अघि बढ्छौ”। जिल्ला सचिवालय सदस्य शिवहरी सापकोटाले बताए ।

अध्यक्षमा दुइ जना आकाक्षीं 
जिल्ला अधिवेशनमा अध्यक्ष पदको लागि, वर्तमान अध्यक्ष कमल नेपाल र केन्द्रीय स्थानीय विभाग सदस्य होमनारायण श्रेष्ठले दाबेदारी प्रस्तुत गरेका छन् । कमल नेपाल भन्छन्ः “विशिष्ट परिस्थितिमा अध्यक्ष भएको हुदाँ पुरै कार्यकाल हुन नपाएकोले पुन अध्यक्ष्यमा दाबेदारी पेश गरेको हुँ” । उता होमनारायण श्रेष्ठको तर्क भने बेग्लै किसिमको छः “ जिल्लामा पार्टी कमजाेर हुँदा २ संघीय संसद ४ प्रदेश संसद र १२ मध्ये ९ पालिकामा सर्मनाक हार भैसक्यो । पार्टी गतिविधि लगभन शून्य जस्तै छ , पार्टीको काम मजबुत बनाउन सिन्धुपाल्चोकमा पहिलो पार्टी बनाउन र डर–धाक, त्रास, लोभ देखाउनेका विरुद्ध लड्न समेत मेरो खाचो र आवश्यकता छ” ।

पदाधिकारिमा धेरैको चाहना 
१० औ जिल्ला अधिवेशनमा पदाधिकारीमा (अध्यक्ष बाहेक) १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवको लागि धेरैको चाहना देखिएको छ । “पदाधिकारीमा सेटल हुन चाहान्छु तर यहि पद भन्ने छैन, आज कुनै पदमा दाबी गर्यो भने भोलीसम्म टिमले परिवर्तन गर्न सक्छ, त्यही भएर फलानो पद भन्ने छैन”। “पदाधिकारीमा कडा रुपले दाबी गरिरहेका एक आकान्क्षीले नाम नभन्ने सर्तमा यस्तो भने ।

पदाधिकारिको लागि विष्णुमणि आचार्य, विजयाकृष्ण श्रेष्ठ, शिवहरी सापकोटा, दीपक नेपाल, बादल तामाङ्ग, यज्ञ सापकोटा, अर्जुन भण्डारी, रामचन्द्र नेपाल, सुशिला लामा, कृष्णगोपाल तामाङ्ग, मित्रलाल चौलागाई , सूर्य लामा, प्रेम लामा, सोमरा बम्जन आदिले पदाधिकारीमा सेट हुने चाहना विभिन्न नेता समक्ष दाबी पेश गरेका छन् ।

डिजिटल कार्डको प्रयोग 
अधिवेशनमा प्रतिनिधि चयन भएकाहरुको लागि डिजिटल कार्डको व्यवस्था गरिएको छ । प्रतिनिधि चयन भएपछी अनलनाईन मार्फत फारम भरेपछि , सदस्यता नविकरण गरेको,नगरेको, लेबी चुक्ता भएको छ भने बल्ल कार्ड बन्ने छ । प्रतिनिधि हल भित्र प्रवेश गर्दा कार्ड स्क्यान हुनेछ ।

प्रतिनिधि कसरी स्वीकृत हुन्छ ?
निर्वाचन अधिकृतले पेस गरेको आधारमा प्रतिनिधि हो÷होइन छानबिन हुन्छ । प्रतिनिधि शुल्क १००० र अन्य लेवी चुक्ता भएको छ÷छैन छानबिन हुन्छ । विधान, कार्यविधि अनुसार योग्य छ÷छैन भन्ने छानबिन हुन्छ । योग्य ठहरिएकाहरूलाई ‘एडमिन साइड’बाट विवरण प्रमाणीकरण गरिन्छ । विवरण सही भएमा सो विवरण स्वीकृत गरी एसएमएसबाट ‘नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्लाको १०औँ जिल्ला अधिवेशनमा परिचयपत्रको लागि तपाईँको विवरण स्वीकृत भएको छ भनेर जानकारी आउने व्यवस्था गरिएको एमालेले जानकारी दिएको छ ।

कार्ड प्रिन्ट भए पश्चात् पुन एसएमएसबाट ‘अधिवेशनको लागि तपाईँको कार्ड प्रिन्ट भएको छ ।’ भन्ने सन्देश आउँने गरेर व्यवस्थापन गरिएको प्रतिनिधि मुल व्यवस्थापन समितिका संयोजक एवम जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ०८:०३