१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नुवाकोटकी शताब्दी महिला लोककुमारी पुडासैनीको १०२ वर्षको उमेरमा निधन


१५ चैत, काठमाडौँ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ की शताब्दी महिला लोककुमारी पुडासैनीको निधन भएको छ । लोककुमारीको १०२ वर्षको उमेरमा बिहीबार दिउँसो २ः३० बजे आफ्नै निवास डाँडागाउँमा निधन भएको छोरी रत्नकुमारी मुडभरीले दैनिकीलाई जानकारी दिइन । लोककुमारीले डाँडागाउँमा सामाजिक जागरण सिर्जना गर्न महत्वपूर्ण योगदान गरेकी थिइन ।

लोककुमारीको तीन छोरी र नातीनातिना रहेका छन । लोककुमारीले ५० वर्षअघि पति गुमाएकी थिइन । त्यसयता उनी कान्छी छोरीसँग बस्दै आएकी थिइन । गत वर्ष लोककुमारीका सय भन्दा बढी सन्तानले भव्य रूपमा जन्मोत्सव मनाएका थिए । लोककुमारीको हिन्दु संस्कार अनुसार बिहीबार नै अन्त्यष्टि गरिएको परिवारले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार २०:५५