१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेप्सेसँगै बढ्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट


१५ चैत, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ४.७८ प्रतिशतले बढेर २०३५.६४ बिन्दुमा बन्द भएकाे छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २३ करोडको सेयर खरिदबिक्री भएको बजारमा बिहीबार २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६६ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको सेयरान यस दिन नकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १५:२४