१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सर्वोत्तम सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार


१५ चैत, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ४.७८ प्रतिशतले बढेर २०३५.६४ बिन्दुमा बन्द भएकाे छ ।

बिहीबार सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड २४ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, गाेर्खाज फाइनान्सको १५ करोड ९५ लाख ५८ हजार रुपैयाँ, शिवम् सिमेन्टको १५ करोड ३२ लाख ३७ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ११ करोड १७ लाख ८९ हजार रुपैयाँ र पिपुल्स पावर लिमिटेडको ६ करोड ६५ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १५:१६