१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

२५ प्रतिशत हकप्रद जारी गर्दै नेको इन्स्योरेन्स, धितोपत्र बोर्डसँग माग्यो अनुमति


१५ चैत, काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

कम्पनीले १०० अंकित दरका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको हो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १५:०५