१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द


१५ चैत, काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ । यसअघि आयरल्याण्ड ‘ए’सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी–ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २–० ले जितेको थियो । पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १२:५२